झापा बाह्रदशी गाउपालिका-३ स्थित राजगढमा गाउपालिकाकै पहिलो सरसफाई सामग्री प्याकेजिंग उधोग स्थापना

झापा बाह्रदशी गाउपालिका-३ स्थित राजगढमा गाउपालिकाकै पहिलो सरसफाई सामग्री प्याकेजिंग उधोग स्थापना भएको छ। बाह्रदशी-३ का २८ बर्षिय चन्दन कुमार चौधरीले ४० लाखको लागतमा “फ्यूचर केमिकल प्याकेजिंग उधोग” स्थापना गरि सरसफाई सामग्री उत्पादन सुरू गरेका छन। उक्त उधोगवाट उत्पादित ब्राण्डको नाम “मिरे फ्रेस MIRAE FRESH “ रहेको छ। दक्षिण कोरियामा ५ बर्ष परिश्रम गरि फर्किएका चौधरीले स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके सम्भावना रहेको उनले बताए।

“कोरियामा ५ बर्ष परिश्रम गरि स्वदेश आएपछि पुन: एक पटक जाने भनि फर्किएको थिए, तर कोरोना भाइरसको बढ्दो संक्रमणले नेपालमै रोकिए अनि स्वदेशमै केही गर्नु पर्छ भन्ने सोचले सरसफाई सामग्री उत्पादन हुने उधोग संचालनमा ल्याए” स्वदेश मैं परिश्रम गरे अवसर अनी राम्रो आम्दानी गर्न सकिन्छ उनको भनाई रहेको छ।मिरे फ्रेस बाण्डका हेण्डवास, फिनेल, ट्वाइलेट क्लिनर, भाँडा माझ्ने लिक्युड उत्पादन गर्दै उद्योग सञ्चालनमा ल्याइएको हो।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा हेण्डवाससहितका घरमा अत्यावश्यक सामग्रीका लागि चौधरीले “फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग “सञ्चालनमा ल्याएका हुन। फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योगले पाँच जनालाई रोजगारी दिएको बताउँदै आगामी दिनमा प्रदेश १ सहित नेपालका सबै जिल्लामा मिरे फ्रेस ब्राण्डका सामग्री पु-याइने सञ्चालक चौधरीको भनाइ रहेको छ।