ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियतमा ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् ।
कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्य लिएका व्यवसायीलाई सहयोग गरी पूर्णरोजगारीको दिशातर्फ अघि बढ्ने एक अभियानका रुपमा संचालन गर्न बैंक र अंकुर नेपालबीच सहुलियत कर्जासम्बन्धी सहकार्यका लागि सहमति भएको हो ।
यस समझदारीबाट वैदेशिक रोजगारीबाट सीप र अनुभवसहित स्वदेश फर्किएका युवालाई पुनः विदेशिनु पर्ने बाध्यतालाई रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप, अनुभव र पुँजीको स्वदेशमै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुुग्नेछ । यसका लागि बैंकले विभिन्न बैंकिङ्ग सेवा सुविधाहरु सहज तथा सहुलियत रुपमा प्रदान गर्नेछ ।
यसका साथै, सरल तथा सहज तरिकाले कर्जा प्राप्त गर्नका लागि क्षमता विकास गरी सक्षम बनाउने, उद्यमशीलताका माध्यमबाट व्यक्तिलाई उत्पादनसँग जोड्ने र रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारी र उद्यमशीलताको लागि नेपालमै संभावना छ भन्ने सकारात्मक सोचको प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
Recent News
- गणतन्त्र कोरियामा नेपालीहरुको आत्महत्याको कारण र समाधान विषयक कार्यशाला गोष्ठी २०७४
- रोजगारको निम्ति कोरिया पठाउन सकारात्मक पहल तथा नयाँ परीक्षा CBT, UBT का समस्या समाधान सम्बन्धी बिबिध अन्तरकृया कार्यक्रम
- ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियतमा ऋण दिने
- Ankur Nepal र 한인회 बिच सामाजिक, साँस्कृतिक, तथा व्यवसायिक आपसी सहकार्यको निम्ति दुई संस्था बिच सम्झौता