Ankur Nepal र 한인회 बिच सामाजिक, साँस्कृतिक, तथा व्यवसायिक आपसी सहकार्यको निम्ति दुई संस्था बिच सम्झौता

ललितपुर झम्सिखेल स्थित होटल भिभान्तामा “HRD KOREA” नेपाल शाखाको संयोजन तथा आयोजनामा कोरिया रिटर्नीहरुको साझा संस्था Ankur Nepal तथा विभिन्न ब्यबसाय, उद्योग धन्दा आदि संचालन गरी नेपालमा बसोबास गर्नु हुने कोरियनहरुको साझा संस्था “Korean Association in Nepal” (한인회) बिच सामाजिक, साँस्कृतिक, तथा व्यवसायिक आपसी सहकार्यको निम्ति दुई संस्था बिच सम्झौता (MOU) भएको छ।दुई संस्थाका अध्यक्ष Lal Prasad Bhattarai, Eom, Jin Yong ले ‘MOU Signing Ceremony’मा MOU पत्रमा हस्ताक्षर गरि आउँदा दिनमा दुइ देशको सम्बन्ध बिस्तार गर्नुको साथै योजनाबद्द आवश्यक उपयोगी कार्यक्रम सहकार्य गरेर संचालन गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको छ।यस हस्ताक्षर समारोह (MOU Signing Ceremony) मा दुबै संस्थाका कार्यसमिति पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो।